मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा फागुन १३ देखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान हुने

बुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने भएको हो । खोप अभियानको बारेमा जानकारी गराउन आइतबार आयोजित अभिमूखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले सबै पक्षलाई गम्भीर भएर लाग्न आग्रह गरे । उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मी, स्वयमसेविका, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितीमा दादुरा र रुवेला खोप बारे स्वास्थ्य कार्यलय रुपन्देहीले अभिमूखीकरण गरेको हो ।

खोप अभियानलाई सफल बनाउन जिम्मेवार भएर लाग्न आग्रह गर्दै नगरप्रमुख पाण्डेले सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । ‘खोपको बारेमा हेलचेक्र्याइ नगरौं । गम्भीर भएर लागौं ।’–नगर प्रमुख पाण्डेले भने । रुपन्देही स्वास्थ्य केन्द्रका खोप फोकल पर्सन डा. भेषराज शर्माले कुनै एक बालबालिकालाई दादुरा संक्रमण भएमा अन्य १८ जनासम्म बालबालिका संक्रमित हुन सक्ने र यसले महामारीको रुप लिन सक्ने भएकाले गम्भिर हुन आग्रह गरे ।

सन् २०२६ सम्ममा दादुरा रुवेला मुक्त घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको योजना अनुसार नेपालमा पनि खोप अभियानलाई जारी राखिएको उनले जानकारी दिए । लुम्बिनी प्रदेशमा फागुन २४ गतेसम्म ११ लाख ६० हजार ८७३ बालबालिकालाई खोप लगाउने योजना रहेको शर्माले जानकारी दिए । तराईका सबै जिल्लासहित २४ जिल्लामा ९ महिनादेखि १५ उमेर समुहका बालबालिकाहरुलाई दादुरा तथा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ भने अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने डा. शर्माले जानकारी दिए ।

विगतमा तराईका जिल्लाहरुमा बढी संक्रमण देखिएकाले ती ठाउँहरुमा खोप कार्यक्रम १५ वर्ष उमेर समूहका बालबालिकासम्म पुर्याउनु परेको उनले बताए । बुटवल उपमहानगरमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ३२७ बालबालिका तथा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ४३ हजार ५४८ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने उपमहानगरकी जनस्वास्थ्य निर्देशक कल्पना भुसालले जानकारी दिइन् ।

उनका अनुसार अनुसार प्रत्येक खोपकेन्द्रमा २ जना स्वास्थ्यकर्मी तथा ३ जना स्वयमसेवकको व्यवस्था गरी खोप अभियान सञ्चालन गरिने छ । सो अभियानमा अन्य खोपसमेत छुट भएका बालबालिकाहरुलाई उपलब्ध गराइने भएकाले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोपकार्डसहित ल्याउन डा. शर्माले अभिभावकहरुलाई आग्रह गरिन् ।

बुटवल उपमहानगरका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थागरी १६७ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने र सो अवधिमा छुट भएका बालबालिकाहरुलाई थप ५ दिनको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने उनले जानकारी दिइन् ।

उपमहानगरभित्र रहेका शैक्षिक संस्थाहरु मध्ये कम्तिमा २५० बालबालिका रहेका विद्यालयलाई खोप केन्द्रको मान्यता दिइने र उक्त सङ्ख्याभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयले नजिकको खोपकेन्द्र मान्यता प्राप्त विद्यालय वा स्वास्थ्य केन्द्रमा खोपका लागि व्यवस्था गर्नुपर्ने भुसालले जानकारी दिइन् । नेपालमा पूर्ण खोप घोषणा गर्न ४ जिल्ला बाँकी रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित