रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

ज्ञानगंगा पाठशालामा किड्स फेस्टिबल सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा शैक्षिक महोत्सव अन्तर्गत बिहीबार किड्स फेस्टिबल सम्पन्न भएको छ ।

विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसर पारेर बुधबारदेखि साताव्यापी रूपमा वृहत शैक्षिक महोत्सव सुरू गरेको छ ।

शैक्षिक महोत्सव अन्तर्गत किडस फेस्टिबलमा नर्सरीदेखि कक्षा २ सम्ममा ४७२ जना विद्यार्थीहरूले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेको थिए । शुक्रबार कक्षा ३ देखि माथिका विद्यार्थीहरु आ–आफ्ना प्रस्तुति प्रस्तुत गर्नेछन ।

हरेक विद्यार्थीलाई स्टेज चढाउने र आफ्नो कला र क्षमता प्रस्फुटन गराउने अवसर विद्यार्थीहरुलाई दिँदै आएको प्राचार्य चन्द्र अधिकारीले बताए ।

सो अवसरमा बोल्दै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य बाशुदेव घिमिरेले शैक्षिक गुणस्तर सुधार गर्न तल्लो तहबाटै बालबालिकाको जग बलियो हुनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, विद्यालयका सल्लाहकार गोपाल श्रेष्ठ, सञ्चालक बसन्त थापा लगायतले बोलेका थिए ।

५ गते अन्तर विद्यालय विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता र ७ वार्षिकउत्सव र मूल समारोह आयोजना गरिएको विद्यालयका शिक्षक कूलचन्द पुरीले जानकारी दिए ।

पछिल्लो समय विद्यालय अभिभावकको रोजाइमा परेको छ । अहिले विद्यालयमा १ हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानको अध्यक्षता तथा विद्यार्थी प्राप्ती पराजुलीको स्वागत तथा शिक्षक डिला पाण्डे र जानकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार