मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ ।

विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गरे।

माघ २८ देखि फल्गुन १ गते सम्म हुने खेल सप्ताहमा विद्यालयमा अध्यनरत १०५० विद्यार्थीको पुर्ण सहभगिता रहने अतिरिक्त क्रियाकलाप संयोजक राजेश रोकाले बताए।

विद्यालयले सम्पुर्ण विद्यार्थी हरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव आयोजना गरिएको प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

विद्यार्थीहरु लाई पुर्ण सहभागी हुने र आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्सहित गराउदै महोत्सव अन्तर्गतका विभिन्न कार्यक्रम हरुमा अभिभावक हरुको समेत उल्लेख्य सहभागिता रहने प्राचार्य अधिकारीले बताए।सो अवसरमा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, शिक्षक कुलचन्द्र पुरी लगायतले मन्तव्य राख्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद पनि महत्वपूर्ण पाटो भएकाले विद्यालयले हरेक वर्ष खेल सप्ताहलाई निरन्तरता दिएको बताए । खेल सप्ताह फागुन १ गतेसम्म चल्ने छ भने फागुन २ गते सरस्वती पुजा संगै अक्षरारम्भ अभिभवक म्यारथन दौड प्रतियोगिता ३ गते किड्स फेसिटबल,४ गते कल्चरल फेस्टिबल,५ गते जिल्लास्तरीय अन्तर मा वि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता र ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सव समापन समारोह समारोह मनाइने कार्यक्रम रहेको समेत विद्यालयले जानकारी गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित