रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनी प्रदेश स्थापना दिवस मनाइयो

लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सकिने बताए ।

उनले अझैँ पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा नआएको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको बताए ।

यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताए । उनले संघीयता भनेकै विविध संस्कृति बिचको एकता रहेको बताए ।

यस्तै सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले स्थानीय तहसँग कार्यक्रम सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार