तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेश स्थापना दिवस मनाइयो

लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सकिने बताए ।

उनले अझैँ पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा नआएको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको बताए ।

यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताए । उनले संघीयता भनेकै विविध संस्कृति बिचको एकता रहेको बताए ।

यस्तै सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले स्थानीय तहसँग कार्यक्रम सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित