तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रवि लामिछानेको दाबी – ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।​

शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा आफन्तहरूको पक्षपोषण गरिरहेका छन् । यस्तै गरेर उनीहरूले देश डुबाए’, उनले भने, ‘ठूला दलका कुनै नेताले देश बनाउँछन् भन्ने कुनै विश्वास छैन । विश्वास गर्न नसकिने कुनै आधार पनि छैन ।’

२०८४ मा जनताले बहुमत दिए एकैसाथ बेथितिको अन्त्य गर्ने उनको दाबी छ । त्यसका लागि आफूले देशमा विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको उनले बताए । ‘पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौं’, सभापति लामिछानेले भने, ‘त्यो संख्याले मात्र हुँदैन । परिवर्तन गर्नका लागि बहुमत चाहिन्छ । जिल्ला–जिल्लाबाट सक्षम नेतृत्व आउनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले नै जन्माएको छ, कसैको आशीर्वादले हुँदैन ।’

वर्तमान सरकारले शुरूशुरूमा काम गरेजस्तो गर्ने तर काण्डको टुंगो नलाग्दै कसैको दबाबमा ढाकछोप गर्ने गरेको उनले आरोप लगाए । ठूला भनिएका दलहरूले मदन भण्डारी र वीपी कोइरालाको नाम बेच्ने गरेको भन्दै उनले आफूहरूसँग मात्रै सुशासनको एजेण्डा भएको बताए ।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् ।

सरकारको नेतृत्व गरेका दलहरूबाट नै भ्रष्टाचार र बेथिति बढेकाले यसको अन्त्य गर्न नयाँ शक्तिको उदय भएको उनले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित