मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

शीतभण्डारमै कसरी ६३ मेट्रिक टन सुन्तला

बुटवल । अर्घाखाँचीमा शीतभण्डारमा राखेको सन्तला कुहिएर नष्ट भएको छ । पाणिनी गाउँपालिका २ पोखराथोकस्थित शीतभण्डारमा राखिएको सन्तुला कुहिएर नष्ट भएको हो ।

पाणिनी गाउँपालिका(२ पणेना, सिम्ले र पोखराथोकका किसानले गत पुसमा बोटबाट टिपेको सुन्तला पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा राखेका थिए। पर्याप्त सुन्तला पाइने मंसिर पुस महिनामा सस्तोमा बिक्री गर्नुभन्दा माघ फागुन महिनामा केही महंगो मूल्यमा बिक्री गर्ने चारजना किसानले ९० मेट्रिकटन सुन्तला क्यारेटमा राखेर शीतभण्डारमा भण्डारण गरेका थिए।

तर शीतभण्डारमा राखेको ९० मेट्रिकटन मध्ये ६३ मेट्रिकटन सुन्तलामा ढुसी लागेर नष्ट भएपछि किसानहरु मारमा परेका छन्। तीन वर्ष पहिले लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनी गाउँपालिकाले तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो।

कात्तिक महिनामा आलु बजारमा पठाएपछि शीतभण्डार सफा गरेर चार जना किसान रेवतीराज पौडेल, मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल र खगेन्द्र पौडेलको गरी ९० मेट्रिकटन सुन्तला शीतभण्डारमा राखिएको थियो। तर भण्डारमा राखेको १ महिनामै सुन्तलामा नीलो र हरियो ढुसी लागेर ६३ मेट्रिकटन सुन्तला नष्ट भएको किसान रेवतीराज पौडेलले बताए।

ढुसी लागेर सबैभन्दा धेरै मानबहादुर श्रेष्ठको सुन्तला नष्ट भएको छ। श्रेष्ठले स्थानीय किसानसँग खरिद गरेर साढे ४७ टन सुन्तला शीतभण्डारमा राखेका थिए। त्यस्तै रेवतीको साढे १८ टन, चिरञ्जीवीको १६ टन र खगेन्द्रको साढे ७ टन सुन्तला शीतभण्डारमा राखिएको थियो।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले ढुसीका कारण सुन्तला नष्ट हुँदा किसानहरू मर्कामा परेकोले राहतको लागि प्रदेश सरकारलाई सिफारिस गरिने बताए।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित