मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गार्गी एकेडेमीमा फुड र बुक फेस्टिबल

बुटवल। स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शुक्रबार संयुक्त रूपमा फुड फेस्टिबल र बुक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीमा व्यवहारिक शीप विकास गर्न र पठन सस्कृतिको विकास गर्न खाना महोत्सव र बुक प्रदर्शनी आयोजना गरिएको हो । विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थी पढदै कमाउँदै गर्न सकुन भनेर खाना महोत्सवलाई प्रोत्साहित गरिएको जानकारी दिए ।

सो अवसरमा विद्यार्थीले विभिन्न परम्परागत परिकारहरु पस्केर आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाई विक्री गरेका थिए । फुड फेस्टिबलको सबै सामानहरु विद्यार्थी आफैले जुटाएका थिए ।

फुड फेस्टिबलमा कक्षा ६ देखि १० सम्मका ७५० जना विद्यार्थी सहभागी रहेको प्राचार्य अधिकारीले बताए । ‘पछिल्लो समय बालबालिका मोबाइलको लत बसेको छ’ प्राचार्य अधिकारीले भने, ‘त्यसबाट विद्यार्थीहरुलाई टाढै राख्नको लागि हामीले पुस्तक पढने बानीको विकास गर्न थालेका छौं । अभिभावकले पनि बालबालिकाको अगाडि मोबाइल नहेर्ने र बालबालिकासँगै पढनुपर्छ ।’

साथै सोही अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ । गार्गीले छोटो समयमा अभिभावकको मन जितेर सबैको रोजाइमा परेको छ । अधिकारीले हरेक विद्यार्थीमा रहेको कुनै न कुनै प्रतिभालाई उजागर गर्न विद्यालयले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

२०६८ सालमा स्थापित विद्यालयमा अहिले १ हजार ९७२ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित