मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ ।

३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियोे ।

मतदानको समय ३ बजेसम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो ।

दुई सीटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मतगणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित