तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु

बुटवल । उपभोत्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार देखि खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु भएको छ ।
बुटवलमा सोमबार देखि सुरु भएको कार्यक्रमको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन ।
सो अवसरमा बोल्दै उहांले जनताको स्वास्थ्यमा उपमहानगरपालिका चिन्तित रहेको भन्दै उपभोत्ता स्वय सचेत नभए सम्म खाद्य स्वच्छतामा शुद्धिकरण नहुने बताईन । उनले उपभोत्ताले सामान खरिद गर्दा त्यसको गुणस्तर, मुल्य र मिति हेरेर मात्र उपभोग गर्न आग्रह समेत गरिन ।


उनले जनताहरुको स्वास्थ्य संग सरोकार राख्ने विषयमा उपमहानगरपालिकाले कुनै पनि सम्झौता नगर्ने भन्दै बुटवलमा बजार अनुगमन तिब्र समेत पारेको बताए । बुटवलको वडा नं. १२ देखि १९ सम्मका विभिन्न संघ, संस्था, जनप्रतिनिधी सहभागि कार्यक्रम ५ दिन सम्म चल्नेछ ।
कार्यक्रममा उपभोत्तामा मानव अधिकारको भुमिका बारेमा रिमा वि.सी, स्थानिय बजार अनुगमन बारे ठगिश्वर पोख्रेल, स्वास्थ्य शुद्धता सम्बन्धी अनुप भट्राई र उपभोत्ता अधिकार सम्बन्धी अध्यक्ष समुन्द्र जि.सीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उपभोत्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकका अध्यक्ष समुन्द्र जि.सीले उपभोत्ता सचेत भएमा मात्र बजारमा अखाद्य बस्तुको विक्रि कम हुने बताए । कार्यक्रम सचिव लिलाधर लुइटेलको सञ्चालनमा उद्घाटन सत्र समापन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित