तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ।

यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो।

सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए।

मंसिर १६ मा उद्घाटन सत्र र भोलिपल्ट बन्द सत्र चलेको थियो। बन्द सत्रमा प्रतिनिधिहरूबीच विभिन्न विषयमा छलफल भएको थियो।

कांग्रेस विधानअनुसार वर्षमा एक पटक प्रदेश कार्यसमितिले सम्मेलन गर्नुपर्छ। सम्मेलनमा प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी दिनका लागि सङ्कल्प गर्ने गरिन्छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ । सरकार भद्रगोल देखिएको भन्दै संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रदेश समितिले निष्कर्ष निकालेको हो ।

लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन ​गर्दै कांग्रेस लुम्बिनीका सभापति अम्मरसिंह पुनले विज्ञताका आधारमा सरकारमा जाने व्यक्ति चयन हुनुपर्ने बताए । अहिले भएका सरकारको आकार पनि घटाउनुपर्ने उनको भनाइ छ ।

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा सम्मेलनले पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैं लड्ने हो तालमेल गर्ने छैनौं,’ सभापति पुनले भने, ‘कांग्रेस आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदै छौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित