रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

विशेषज्ञ चिकित्सक सहितको ‘ग्याष्ट्रो’ सेन्टरको बुटवलमा उद्घाटन

पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर सुरुवात भएको छ ।
ग्यास्ट्रो सेन्टर बुटवल प्रालिको शनिवारबार ित्रभुवन विश्व विद्यालय शिक्षण अस्पताल ग्यास्टोईन्टेरोलिष्ट विभाग प्रमुख प्रोफेसर डा. राहुल पाठकले उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै पाठकले काठमाण्डौमा समेत राम्रो चिकित्सकको रुपमा आफ्नो प्रभाव जनाउन सफल भएका चिकित्सक डा. मोहन भुषालले यो क्षेत्रमा पनि उपचार केन्द्र खोल्नु गौरवको विषय भएको बताएका थिए ।
लुम्बिनी प्रदेशमा पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा भएपछि यो क्षेत्रका विरामीहरुले सहज रुपमा उपचार पाउनेमा विश्वास लिएको उनको भनाई रहेको थियो ।
बधाई तथा शुभकामाना दिदै प्रोफेसर डा. पाठकलले थप प्रगतिको कामाना गरेका थिए । रिबन काटेर त्यहा राखीएको ताम्रपत्र अनावरण गरी प्रालिको सेवा शुभारम्भ गरिएको हो ।
प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहितको समुले यो उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
डा.भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्य अनुभव छ । ३ करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक तथा रामप्रसाद अर्यालले जानकारी दिए ।

‘फाइब्रोस्क्यान सेवा यस्तो सेवा हो, जसले कलेजको कडापन मापन गर्दछ । लिभर, फ्राबोसिस, सिरोसिस को निदानमा सहयोग गर्छ । हेपटाइटिस, अल्कोहल लिभर, लिभर इन्जाइम भएका बिरामीको अवस्था बारे जानकारी दिन्छ । त्यस्तै लिभर बायस्पी विना लिभर डयाम्मेज भए नभएको पत्ता लगाउछ’ डा. भुसालले भने । प्रालिमा इण्डोस्कोपी, क्यानोस्कोपी लगायतका सेवा सहित भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रालिमा प्राइभेट क्लिनिक तथा अस्पतालको तुलनामा शुल्क सस्तो राखिएको छ ।

साथै जेष्ठ नागरिक अशक्त अपाङ्गता भएका व्याक्ति, महिला स्वास्थ्यकर्मी तथा स्वमसेविकालाई निश्चित केही प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रालिको सञ्चालकमा डा.मोहन भुसाल, राम प्रसाद अर्याल, युवराज मगर र नेत्र भुसाल रहेका छन् ।
समुद्घाटन समारोहमा सन्धीखर्क नगरपालिका अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ सहित विभिन्न जनप्रतिनीधी, चिकित्सकहरुको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार