आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!

‘महाराजधिराजले शासन गरेर छोड्दै गर्दा ३० प्रतिशत मात्रै घरमा पानी पुगेको थियो। मरुभूमिजस्तो मानिसको आँगनमा धारा पुग्यो। पुर्‍याउने काम हामीले नै गर्‍यौँ’, महामन्त्री शर्माले भने, ‘पञ्चायतमा २२७ मेगावाट मात्रै थियो, तर गणतन्त्रमा २ हजार ६६६ मेगावाट बिजुली उत्पादन भएको छ।’

उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको दाबी गरे। ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार!’ महामन्त्री शर्माले भने, ‘भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो। अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ।’

उनले ९ प्रतिशतको घरमा बत्ती बालेको राजाको शासनबाट अहिले ९५ प्रतिशत घरमा बजिुली पुर्‍याएको भन्दै व्यवस्थाले धेरै काम गरिरहेको बताए।

सबै पार्टी खराब हो भनेर मिसन ८४ चलाएकातर्फ संकेत गर्दै महामन्त्री शर्माले कांग्रेस ८४ को पक्षमा नरहेको बताए। ‘मिसन ८४ भन्नेहरूलाई शुभकामना! पुराना दलका केपी ओली र नयाँ रवि लामिछानेलाई शुभकामना छ। संविधान, हिंसा अन्त्य गर्नुपर्ने केही छैन, ८४ मा हुने कुरा हो, विद्यार्थीले परीक्षाको होइन, पढाइको चिन्ता गर्नुपर्छ’, उनले भने।

शर्माले देश बन्नुको अर्थ र मानक फरक हुने बताउँदै पोहोरपरार भन्दा सिस्टमले अगाडि बढ्यो कि बढेन, पोहोरभन्दा सरकारको क्षमता बढ्यो कि बढ्न भनेर मापन गर्नुपर्ने बताए। उनले देश नीतिले मात्रै नभई थितिले पनि बन्ने भएकाले नागरिकमा विश्वास नबढेकोमा केलाउनुपर्ने बताए। शर्माले राज्य र देशप्रतिको विश्वासलाई गास्ने विषयमा सम्मेलनले सन्देश दिनुपर्ने बताए।

नारायणगढ-बुटवल सडकखण्डमा आफू एक महिनामा दुई पटक हिँडेको बताउँदै शर्माले पार्टी सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र केपी ओलीलाई यो सडकको धुलो खान भनिदिन एक जना युवाले भनेको भन्दै स्मरण गरे।

उनले अहिले पश्चिम रुकुम गएर टहरा बनाउन र अर्थतन्त्रको विषयमा बहस गर्न युवाहरुलाई आग्रह गरे। महामन्त्री शर्माले २१ औँ शताब्दीको नेपाल र बदलिएको कांग्रेस बनाउन कार्यकर्तालाई निर्देशन दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार