नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् । ‘हामीले चलाएको गुटले पार्टी चलाउन पनि सकेनौं, सरकार पनि चलाउन सकेनौं’ भण्डारीले भने, ‘सीमानाका रक्षा गर्न पनि सकेनौं । अब देउवाले नेतृत्व छाडेर शेखरलाई दिनुपर्छ ।’

चन्द्र भण्डारीले शुक्रवार नवलपरासीमा भएको कार्यक्रममा पनि समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक सभापति भएको हेर्न चाहेकोबताएका थिए ।

अब कांग्रेसमा डाक्टरको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

गुटबन्दीले संगठन वा देश नबन्ने बताउँदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न आग्रह गरे ।

अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउँदै उनले आफूलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल बन्न सकिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार