रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय

एमाले रूपन्देहीले झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार, जिल्लाभित्र रहेका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, संघ, प्रदेश र जिल्ला पालिकाका जनप्रतिनिधिहरू, जनसंगठनका जिल्ला पदाधिकारी र सोभन्दा माथिका पदाधिकारी र पालिका कमिटीका पदाधिकारी जनसभामा अनिवार्य सहभागी हुने निर्णय भएको छ ।

नेपाल—भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाडमा एमाले अध्यक्ष ओलीले बिहीबार संकल्पयात्राको शुभारम्भ गरेका हुन् । पुष २ गते चिवाभञ्जाङ पुग्ने कार्यक्रम छ । यो अभियानका क्रममा ठाउँ—ठाउँमा आमसभा हुने छन् ।

त्यसैगरी, बैठकले भूकम्प प्रभावित रूकुम पश्चिमको आठबीसकोट नगरपालिका—१४ छेपारेमा अस्थायी टहरा बनाउन खटिएको रूपन्देहीको टोलीले १८ वटा अस्थायी टहरा बनाएर प्रभावित परिवारलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिएको छ ।

बैठकमा पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी पंक्तिलाई उत्साहका परिचालन हुन निर्देशन दिएका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार