रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा

बुटवल । चिकित्सकमाथि भएको आक्रमणको बिरोधमा डक्टरहरू आन्दोलित भएका छन ।

नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशसहित स्वास्थ्यकर्मीहरू सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय, बुटवलमा बिहीबार धर्ना दिएका छन । सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि बुधबार सिद्धार्थ मलिा तथा बाल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. राजेन्द्र बस्याललाई आक्रमण गरेर गम्भीर घाइते बनाएपछि डक्टरहरुले आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन थालेका हुन् ।

संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अवराध अन्तर्गत कारवाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।

पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको उनले बताए ।

प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको र चिकित्सकको घाउचोट सुधार हुन लागेको उनले बताए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए ।

निजी अस्पताल ब्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुखद भएको बताए । यस्तो विकृति रोक्ने तर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको ब्यवस्थामा ध्यान दिनुपर्ने बताए ।

सोमबार भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटीको मंगलबार बिहान मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रियामार्फत करिब पाँच किलोको बच्चा जन्माएकी थिइन् ।

उनको सोमबार नै शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । बच्चा भने सकुशल छन् । सुत्केरीको मृत्यु भएपछि अस्पताल प्रशासनले मृत्युको कारणबारे उनका आफन्तलाई जानकारी गराएको थियो ।

मंगलबार बिहान सुत्केरी महिला बेडबाट उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको अस्पतालले बताएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार