मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

५० लाख क्षतिपूर्ति दिन नमानेपछि कुटिएका थिए डा. बस्याल

बुटवल : बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट हुनुअघि मृतकका आफन्तले ५० लाखको डिल गरेको खुलेको छ।

५० लाख क्षतिपूर्तिको मागेकोमा अस्पतालले दिन नसक्ने बताएपछि मृतकका आफन्तले अस्पताल तोडफोड र चिकित्सकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मीको सत्यवती गाउँपालिकाको लुम्पेक घर भइ हाल भैरहवामा बस्दै आएकी ३२ वर्षीय भवानी रास्कोटीको उपचारको क्रममा मृत्यु भएको थियो। उनको ११ गते शल्यक्रियाबाट बच्चा जन्मिएको थियो।

सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका थिए। मृतकका आफन्तहरूले अस्पतालको कुर्सी र टेबलका खुट्टा तोडफोड गरेर त्यसले बस्यालको टाउको र छातीमा प्रहार गरेको अस्पताल प्रशासानले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको र अहिले अस्पताल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताए।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेका आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डन डा.बस्याल

अस्पतालका बाल रोग विशेषज्ञ एवं नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलले चिकित्सकमाथि आक्रमण हुनु दु:खद् भएको भन्दै दोषीमाथि कारबाहीको माग गरे। डा. बस्यालको पेट र टाउकोमा चोट लागेको र अहिले उपचार भइरहेको उनले बताए।

मृतकका आफन्तले डा. बस्यालमाथि कुटपिट गरेपछि अहिले अस्पतालमा कुनै पनि नयाँ बिरामीको भर्ना लिइएको छैन। त्यहाँ कार्यरत अन्य चिकित्सकले समेत सुरक्षाको प्रत्याभुति हुनुपर्ने र दोषीलाई कडा कारबाही नभएसम्म काममा नफर्कने बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित