बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन शनिवारबाट, १० हजार कार्यकर्ताका उतार्ने तयारी

नेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ ।

दुई दिने सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दशत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिए ।

जसका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदैछन् । सम्मेलनमा गुल्मी कांग्रेसले १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरिएको छ ।​

देशभर गणतन्त्र विरोधी गतिविधि बढिरहेका बेला १० हजार कार्यकर्तासहित केन्द्रीय सभापति देउवासहित नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी, चन्द्र केसीसहितका शीर्ष नेताहरू गुल्मी आउने भएपछि सम्मेलनलाई देशभरबाट चासोको रुपमा हेरिएको छ ।

जिल्ला कार्यसमितिको १४ कात्तिकको पूर्ण बैठकको निर्णयअनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम भइरहेको खड्काले बताए ।

कार्यकर्ताहरूमा उत्साह थप्न बृहत् सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । उनले समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको सम्मेलन ऐतिहासिक हुने बताए ।

सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार