बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

बिबिएस चौथो वर्षको परीक्षामा नेपालभरीमै द्वितीय बन्यो अक्सफोर्ड कलेज

 

बुटवल। बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएको कलेजले दावी गरेको हो । २०६५ सालबाट संचालित बार्षिक प्रोग्रामहरु बिबिएस र बिएडका प्रोग्रामहरुमा उत्कृष्ट नतीजा ल्याएको अक्सफोर्डले २०८० सालको त्रिवि अन्तरगतको बिबिएस चौथो वर्षको परीक्षामा पनि उत्कृष्टता हासिल गरेको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

उनलेे  ब्यावहारीक ज्ञानमुलक, सीपमुलक र समयापेक्ष तथा अभिभावकहरुको चाहनाअनुसार २०७५ सालबाट त्रिविअन्तरगतकै बिएचएम र बिआइएमका प्रोग्रामहरुमा पनि नेपाल प्रथम र प्रदेश प्रथमका उत्कृष्ट नतीजा हासिल गरेको बताए  ।

कलेज प्रमुख मरासिनीका अनुसार हालै प्रकाशित त्रिवि अन्तरगतकै २०८० को बिविएस चौथो वर्षको नतीजामा कुल ९४ दशमलव ६ प्रतिशत सहित १६ जना विशिष्ट श्रेणीमा उतिर्ण भएका छन् ।

बिबिएस, बिएड, बिएचएम र बिआईएम संकाय अध्यायन गराउदै आएको अक्सफोर्डले २०७९ को बिएचएमको तेस्रो सेमेस्टरको परिक्षामा विद्यार्थी लक्ष्मण थापाले ३ दशमलव ९६ जिपिए ल्याएर नेपाल प्रथम बनेको कलेजका विभागिय प्रमुख बिष्णु बस्यालले जानकारी दिए । स्थापना कालदेखिनै अक्सफोर्डले उत्कृष्ट अंक ल्याउदै गरेको उल्लेख गर्दै उहाँले कलेजका बिभिन्न संकायमा एक हजार दुई सय ५३ विद्यार्थी अध्ययनरत रहेको बताए् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार