बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

बुटवल पब्लिक स्कुल द्वारा तिहार र छर्ठ पर्वको अवसरमा शुभकामना आद्रानप्रदान

बुटवल । बुटवल पब्लिक स्कुल, तिलोत्तमा–०३ रुपन्देहीले शुभ दिपावली एवं छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका अध्यक्ष हेमलाल शर्माको अध्यक्षता तथा शिक्षा समन्वय ईकाई भैरहवाका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यतामा शुभ दिपावली एवं छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बञ्जाडेले बिद्यालयले गर्ने पर्व बिशेष सांस्कृतिक गतिविधिले नेपाली परम्पराको जगेर्ना र प्रबर्द्धनमा टेवा पुग्ने बताए । उनले कितावी ज्ञान भन्दा पनि संस्कार सिकाईले बिद्यार्थीमा नयाँ उर्जा थपिने बताए ।

‘हामीले कितावको ज्ञान मात्र बाड्ने हैन । हाम्रा नेपालीका परम्परा, चाडपर्वको महत्व बुझाउनु पनि सिकाई हो । त्यो सिकाई विद्यालयले गरेकोमा धन्यवाद दिन चाहन्छु । विद्यालयमा गरिने यस्ता कार्यक्रमले सांस्कृतिको जर्गेनामा महत्वपूर्ण भुमिका खेल्दछ’ उनले भने ।

बिद्यालयका अध्यक्ष हेमलाल शर्माले नेपाली चाडपर्व लक्षित कार्यक्रम बिद्यालयले निरन्तर गर्दै आएको बताए ।

‘हामीले प्रयोगात्मक शिक्षामा जोड दिएका छौ । संस्कार सहितको शिक्षा प्रदान गरेका छौ । दशैं, तिहार, छर्ठ मात्र होईन, नेपालीका हरेक चाडपर्वको महत्व के हो भनि विद्यार्थीलाई बुझाउन निरन्तर कार्यक्रम गर्दै आएको छौ । यसप्रति अभिभावक पनि खुसी हुनुहुन्छ’ उनले भने ।

उक्त कार्यक्रममा स्कुलकि निर्देशक एवं मिरा कोषकी संरक्षक मिरा शर्मा, बिद्यालयका सह प्राचार्य रामचन्द्र पौडेल लगाएतले बोल्दै पछिल्लो समय चाडपर्वमा देखिएको विकृती रोक्न विद्यालय तहमा पनि संस्कार सहितको शिक्षा आवश्यकता रहेको बताएका थिए ।

सोही कार्यक्रममा नृत्य प्रशिक्षक मुकेश गुरुङलाई विद्यालयका अध्यक्ष शर्मा र प्रमुख अतिथि बञ्जाडेले सम्मान गरेका थिए ।
स्कुलका शिक्षा बिभाग प्रमुख सुर्य केसीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन कक्षा ९ कि छात्रा श्रृषा न्यौपाने गरेकि थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार