तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवाको एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला फेला

  • बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न-प्रहरी प्रवक्ता मनोहर भट्ट
  • बुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

    भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी मुल्य पर्ने माला गत रातीदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्रहुदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।

    कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला बैध हो वा अबैध भन्ने खुलाएको छैन । फूलका अबैध आयातकर्ताहरुले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइएपनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन ।

    रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको बैधानिकताको जाँच भइरहेको बताए । ‘बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न ।’ उनले भने ।

    मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित