रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

भैरहवाको एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला फेला

  • बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न-प्रहरी प्रवक्ता मनोहर भट्ट
  • बुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

    भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी मुल्य पर्ने माला गत रातीदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्रहुदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।

    कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला बैध हो वा अबैध भन्ने खुलाएको छैन । फूलका अबैध आयातकर्ताहरुले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइएपनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन ।

    रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको बैधानिकताको जाँच भइरहेको बताए । ‘बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न ।’ उनले भने ।

    मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार