बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

३ महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व

बुटवल । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ।

बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव ४ प्रतिशत खर्च भएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवल उपमहानगरपालिकाले वार्षिक कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको बताउँदै यसले विकास निर्माण र सुशासनमा टेवा पुग्ने बताए। उनले गत आर्थिक वर्षभन्दा धेरै विकास बजेट खर्च गर्न र देशमै उत्कृष्ट नगरको रुपमा अगाडि बढ्न शुभकामना दिए।

 नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताए। उनले चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहणी महिला रोजगार कार्यक्रममार्फत महिलाहरुलाई उत्पादन र रोजगारसँग जोड्ने, पछाडि परेका विद्यालयहरुको स्तरोन्नतिका लागि कार्यक्रम गर्नेजस्ता काम अगाडि बढेको बताए।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि योजनाअनुसार काम भइरहको बताइन्। उनले सबै क्षेत्रलाई समेटेर नगरले काम गरिरहेको र यसमा सबैको साथ आवश्यक रहने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बुटवललाई योजनाबद्ध विकासका लागि कार्ययोजनाबमोजिम सबै कामहरु अगाडि बढेको बताए। उनले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अझै धेरै बढाउने गरी काम भइरहेको बताए।

योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रममा बितेको तीन महिनामा बुटवलले पशु बधशालाको सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडकहरु सरसफाइ तथा हरियाली बनाउन वृक्षरोपण गरेको, उज्यालो बुटवल अन्तरगत उज्यालो बनाउन बिद्युतीकरण गरिएको, खाली सटरहरु ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरिएको बताए।

सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बुटवलबासीका प्रतिक्रिया लिने गरी सार्वजनिक सुनुवाई गर्ने तयारी भएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार