बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

 

बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

१०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार