तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आम्दा अस्पतालमा ‘प्यारामेडिक्स’को पढाई हुँदै

सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) ले प्यारामेडिक्सको अध्ययन सुरु गर्ने भएको छ ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नर्सिङ, सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

तीन वटै विषयमा ४०÷४० वटाको कोटा अन्तर्गत पढाई सुरु हुने स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

५० शैयाबाट सुरु भएको अस्पताल अहिले १०० शैयामा सञ्चालनमा छ ।

अस्पताललाई ३०० बेड बनाउने योजना अनुसार बिहीबार २०० शैयाको अस्पताल भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलन्यास गरे । अस्पतालको २५ औं वार्षिकउत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भवनको शिल्यनास गरेका हुन ।

त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरुलाई नियमअनुसार स्वास्थ्य सेवाको पनि अस्पतालले सुरुआत गरेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षभित्र सञ्चालन हुने गरी गरी प्रक्रिया पनि अघि बढाएको पाण्डेयले बताए।

आमा सुरक्षा कार्यक्रम सञ्चालन भए पश्चात राज्यको व्यवस्था बमोजिम आमाहरुले निःशुल्क प्रसूति एवं सोसंग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त गर्नेछन । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए ।

अस्पतालका मेडिकल सुपरीटेन्डन डा.राजेन्द्र प्रसाद बस्यालका अनुसार पछिल्लो दशक आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७९÷८० सम्म ६ लाख २१ हजार ९४२ जना विरामीले अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।

वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित