

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
बुटवल –१२ ढवाहमा एक कार्यक्रमको आयोजना गरी तालिम प्रदान गरिएको हो ।
तालिमको औपाचारिक कार्यक्रमका विच शुभारम्भ गरियो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पौडेलको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुको लागि विभिन्न सुरक्षाका चुनौतिकहरु रहेको भन्दै त्यसलाई समयमा नै सुरक्षाका उपायहरु अपनाएर आफु सुरक्षित हुन जरुरी रहेको बताएका थिए ।
उनले भने–‘‘जब सम्म सुरक्षित हुन सक्दैनौ हामी तब सम्म अगाडि बढ्न सकिँदैन । ’’ उनले बाटो क्रस गर्ने बेलामा, गाडिमा यात्रा गर्दा अर्को संग भेट्दा, कुरा गर्दा वा अपरिचत संगको भेटमा कुरा गर्दा लगायतका विषयमा जीवनशैली व्यतित गर्दा समेत आत्मरक्षाको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासीनीले अपाङ्गता भएका व्याक्तिहरुलाई अहिले पनि हेर्दे दृष्टिकोणमा फरकरहेको भन्दै सामाज परिर्वतन भएको कुरा गरिएपनि व्यवहारतहः कार्यन्यवन कठिन भएको बताएका थिए ।
कार्यक्रममा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेल, अपाङ्गता स्वबलम्बन तथा शसक्तीकरण केन्द्रका अध्यक्ष रजिता रेग्मी, दृष्टिविहिन उत्थान संघ रुपन्देहीका उपाध्यक्ष शुनिल क्षेत्री लगायतले बोलेका थिए ।
कार्यक्रममा आनौपचारिक सेवा केन्द्र(ईन्सेक) रुपन्देहीका प्रतिनिधि तथा सञ्चारकर्मी रिमा बिसीले तालिम प्रदान गरिकी थिईन । कार्यक्रम नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका कोषाध्यक्ष लोकेस डाँगीको स्वागत तथा सचिव समिक्षा ज्ञवालीको सञ्चालनमा भएको थियो ।