नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

दशैं गीत : २५ वर्षमा तीन पटक रेकर्ड भएको ‘नमुछे आमा दहीमा टीका’

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर

दशैंको सदाबहार गीत हो यो। गाउँ-टोलमा फैलिएका एफएमहरुले यो गीत दोहोर्‍याई-तेहर्‍याई बजाइरहेका छन्।

बितेका २५ वर्षमा यो गीत तीन पटक नै रेकर्ड भइसकेको छ। लोकगायक नारायण रायमाझीले आफ्नै स्वरमा पनि दोहोर्याडएर रेकर्ड गरिसकेका छन्। उनले पहिलो पटक २०५५ सालम रेकर्ड गराए। त्यति सफल भएन। २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भएपछि भने चर्चित बन्यो। चर्चा प्राप्त गरेको उक्त गीतलाई दुई वर्षअघि रायमाझीले आफ्नो र रचना रिमालको स्वरमा फेरि रेकर्ड गराए।

दशैंको अवसरमा सबैभन्दा धेरै घन्किएको आवाज भने कृष्णभक्त राईको नै हो। यो गीत नारायणका दाइ स्वर्गीय लक्ष्मण रायमाझीले ‘कारगिल’ युद्धमा घाइते सिपाहीको मनोभावना समेटेर गीत लेखेका थिए। विदेशी भूमिको युद्ध मैदानमा ज्यान गुमाउन आँटेको एक जना लाहुरेको दशैँ सम्झना बिलौना हो यो गीत।

माओवादी युद्धको समयमा फेरि रेकर्ड भएर आयो। उक्त युद्धका कारण घर आउन नपाएका सेना, प्रहरी र माओवादीमा रहेका आफन्तको पीडाका रुपमा आत्मसात गरे। राईले आधुनिक शैलीमा गाएपछि देशव्यापी बन्यो। युद्धले सहज घर-परदेश गर्न सजिलो नभएको त्यो समयमा यो गीतले आमजनलाई थप भावुक बनायो।

गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्युको खबरले मेरा दाइ लक्ष्मणलाई निकै भावुक बनाउँथ्यो,’ यो गीतका संगीतकार नारायण रायमाझीले गीतबारे बताउँदै केही वर्षअघि भनेका थिए।

त्यसपछि कारगिलको लडाइँबाट फर्किएको लाहुरेको खोजीमा लागेका लक्ष्मणले उनीहरुसँग ठाउँ, लडाइँ र अवस्थाबारे जानकारी लिएपछि उनले यो गीत लेखेका हुन्। एउटा लाहुरेको वृत्तान्त समेटिएको क्यासेट निकाले लक्ष्मणले। उनलाई साथ दिए लोक गायनमा जमेका भाइ नारायणले। लक्ष्मणको रचना र नारायणको स्वर र संगीतमा लोकगीतको एल्बम ‘कारगिल’ निस्क्यो। तर ‘नमुछे आमा दहीमा टीका’ले त्यो बेला उति चर्चा पाएन।

नारायणसँग वाद्यवादन गर्ने र आधुनिक गीत गाउने कृष्णभक्त राईलाई यो गीत असाध्यै मन परेको थियो। लोक लयमा गाइएको यो गीत आधुनिकसँग पनि मिल्दो लागेर कृष्णभक्त गुनगुनाउन थाले। ‘मेरो स्वरमा यो गीत सुनेपछि नारायण सरलाई सबै खालका स्रोताले रुचाउने गीत बन्छ जस्तो लागेछ,’ कृष्णभक्तले केही समयअघि गीतबारे भनेका थिए।

नारायणले आधुनिक गीतजस्तै संगीत गरे फेरि र २०५७ सालमा आधुनिक गीतका रुपमा यो गीतको पुनः रेकर्ड भयो। दुईटा एल्बम निकालिसकेका कृष्णभक्त गायनमा जम्न सकिरहेका थिएनन्। ‘यही गीतले मेरो करिअरलाई कायापलट गरिदियो,’ कृष्णभक्त भन्छन्।

दृष्य हिसाबले पनि यसमा तीन वटा परिकल्पना भइसकेका छन्। अडियोको समयमा निस्किएको गीतले सुरुमा ‘कारगिल’ नै परिकल्पना गरायो। दोस्रो पल्ट भिडियो बनाउँदा प्रष्ट खुलेन तर युद्ध लड्न गइरहेका लाहुरेकै परिकल्पना थियो। आमजनले भने माओवादी युद्धसँग आफूलाई एकाकार गराएर यसलाई ग्रहण गरे।

दुई वर्षअघि फेरि गीत रेकर्ड गराएर भिडियो बनाइयो। लोकप्रियताका हिसाबले भिडियोलाई लाइभ गायनले उछिनेको छ। तर भिडियोमा भने खाडी मुलुकतिरको युवालाई उसको कम्पनीले मालिकले ज्यान मारेको झुटो अभियोगमा जेल पुर्‍याएको दृश्य देखाइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार