मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल पब्लिक स्कुलमा शुभकामना आद्रान-प्रदान तथा मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न

बुटवल । तिलोत्तमा वडा नं. स्थित बुटवल पब्लिक स्कुलले बिजय दशमी तथा शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिद्यालयको मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माको अध्यक्षता एवंम साहित्यकार बुद्द रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यालयको मुखपत्र प्रमुख अतिथि राना, संस्थापक अध्यक्ष हेमलाल शर्मा, समाजसेवि तथा साहित्यकार जङ्ग बहादुरशाह लगाएतले लोकापर्ण गरेका गरेका थिए  । सो अबसरमा बोल्दै प्मुख अतिथि रानाले संस्कर सहितको शिक्षा बुटल पब्लिक स्कुलले  प्रदान गरेकोमा प्रसंसा गर्दै अझै प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गरे ।

उनले चाडपर्व मनाउदा अरुको देखासिकी नगरी आफ्नो गक्ष अनुसार मनाउन आग्रह गरे । नेपाली पर्वको सम्बध्दन र प्रबन्धनमा सबै लाग्नुपर्ने समेत उनले बताए ।

स्कुलका संस्थापक अध्यक्ष हेमलाल शर्माले संकृतिको जगेर्ना गर्न सके हाम्रा पर्वहरु मौलिक रहने बताए । बिद्यालयमा गरिने चाडपर्व लक्षित कार्यक्रमले बिद्यार्थीमा संस्कारको बिकास समेत हुने उनको भनाई छ ।

कार्यक्रममा समाजसेवि तथा साहित्यकार जङ्ग बहादुर शाह, गुल्मी-चारपाला रुपन्देही सम्पर्क समाजका निर्वतमान अध्यक्ष हुमनाथ ज्ञवाली, विद्यालयका निर्देशक मिरा शर्मा, विद्यालयका सहप्राचार्य रामचन्द्र पौडेल लगाएले बोलेका थिए ।

कार्यक्रम कक्षा १० कि बिद्यार्थी क्यारन गुरुङको सञ्चालनमा सम्पन्नभएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित