तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दृष्टिविहिन महिलालाई लायन्सको सम्मान

बुटवल ।लायन्स क्लव अफ बुटवल बेलबास सृजनशिल र लायन्स क्लव अफ बुटवल वेष्टको संयुक्त आयोजानमा विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा आफुभन्दा कम भाग्यमानीभएका(दृष्टिविहिन) महिलाहरुलाई सम्मान सहि पोषाक वितरण गरेको छ ।

बेलबासमा एक विशेष कार्यक्रम गरि ४ जना दृष्टिविहिनता भएका महिलाहरुलाई पोषाक वितरण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल वेष्टका कार्यवाहक अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक कोडीनेटर एमजेएफ सन्दीप कसौधनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कसौधनले लायन्स क्लवले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको बताएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष बेद प्रसाद गैरे ले क्लवले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको जानकारी दिदै यहि कार्तिक २ गते आँखा शिविर आयोजना गर्ने जानकारी दिए ।

बेलबास सृजनशिलका अध्यक्ष बिमला गैरेका अनुसार दृष्टिविहिनता भएका महिलाहरु संगीता बिक, निर्मला सुनार, लालिका पुन, विनिता डाँगी लाई लत्ता कपडा प्रदान गरिएको हो ।

कार्यक्रममा एरिया चिफ कोर्डनेटर कल्पना सिवाकोटी(पोखरेल), एरिया सेक्रेटरी एमजेएफ डा. शान्ता शर्मा, रिजनल चियर पर्सन बिमला गैरे लगायतले शुभकामना दिएका थिए ।

लायन्य क्लव अफ बुटवलबेलबास वेष्टका सचिव गीता बन्जाडे को सञ्चालनमा भएको कार्यक्रममा भाईस प्रेसिडेन्ट रुपा कण्डेल स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकी हुन । कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन पवित्रा गौलीको रहेको थियो । कार्यक्रममा सहभागी अतिथिहरुले शुभकामना आदान –प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित