मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स क्लव अफ बुटवल मेट्रोसिटी बुटवलको ‘शिक्षाका लागि अभिभावकत्व घोषणा’

बुटवल। लायन्स क्लव अफ बुटवल मेट्रोसिटी ले यस क्षेत्रमा पहिलो पटक शिक्षाका लागि अभिभावकत्व कार्यक्रम घोषणा गरेको छ ।

स्थापना काल देखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै समाजमा उदाहारणीय क्लवको रुपमा पहिचान बनाएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटी ले ‘शिक्षाका लागि अभिभावकत्व कार्यक्रम’ घोषणा गरेको हो ।

शनिवार साँझ बुटवलमा आयोजना गरिएको ‘लायन्स अफ बुटवल मेट्रोसीटी नाईट्स ’ कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

क्लवका अध्यक्ष ईन्जीनीयर लायन्स गोविन्द प्रसाद लामिछानेले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नहरपुरमा रहेको नहरपुर माविका ३ जना विपन्न विद्यार्थीहरुलाई प्राथमिक तह देखि कक्षा १२ सम्मको लागि चाहिने सबै शैक्षिक खर्च व्यहोर्ने गरी शिक्षाका लागि अभिभावकत्व घोषणा गरेका हुन । जसमा कुल २ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिने छ ।

शिक्षाका लागि अभिभावत्वक कार्यक्रमका संयोजक लियो क्लव अफ बुटवल मेट्रोसीटीका संस्थापक अध्यक्ष समेत रहेका लायन्स मनोज गौतमका अनुसार २ लाख ५० हजार रुपैयाँबाट आउने व्याजको रकम बाट ३ जना विद्यार्थीको लागि सम्पूर्ण शैक्षिक सामग्रीमा रकम खर्च गरिने छ ।

लायन्स क्लव अफ बुटवल मेट्रोसिटीका अध्यक्ष ईन्जीनयर गोविन्द प्रसाद लामिछानेको अध्यक्षतामा भएको मेट्रोसिटी नाईट कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गर्भवन अर्जुनमान शैजुले क्लवले ऐतिहासिक कार्यक्रम गर्न सफल भएको बताए ।

सामाजिक सेवाभावले स्थापना भएका लायन्स क्लवले समाजमा रचनात्मक कार्यक्रम गर्नुपर्ने भन्दै यसको लागि यसमा युवाहरुको रचनात्मक कार्यको अन्य क्ववले पनि सिको गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी नेपालका निर्वतनमान अध्यक्ष नवराज न्यौपाने, डिष्ट्रिक प्रथम उपाध्यक्ष पुराशोत्तमभक्त प्रधनांङ्ग, द्धितिय उपाध्यक्ष बालाराम भटट्राई, सचिव विनोद खरेल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा एरिया ३ का चिफ विनोद सुवेदी, पुर्व अध्यक्ष्इा उमानाथ अधिकारी(उमेश), नवराज बन्जाडे, राम प्रसाद बेल्वासे, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, लियो क्लव अफ बुटवल मेट्रोसिटीका अध्यक्ष सन्जीव सुनुवार, लियो क्लव अफ बुटवल मेट्रोसीटीका संस्थापक अध्यक्ष मनोज गौतम, पुर्व अध्यक्ष दिपेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खेतीप्राप्त लोक दोहोरी गायक प्रचण्ड जिसी सहितको समुहले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष प्रदिप जिसीले गरेका थिए भने सञ्चालन सचिव सागर अधिकारीले गरेका हुन । धन्यावाद मन्तव्य उमानाथ अधिकारी(उमेश)ले राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित