मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

चन्द्रकोट समाज द्वारा खड्ग देवता मन्दिरको उद्घाटन

चन्द्रकोट समाज बुटवल १३ ले आफ्नो १० औं साधारण सभाको अवसरमा खड्ग देवता मन्दिरको उद्घाटन गरेको छ ।

गुल्मीको चन्द्रकोट आसपास पुख्र्यौली घर भएर अहिले बुटवल आसपासमा बस्नेहरु संगठित भएर बनाइएको चन्द्रकोट समाजले ४५ लाख लगानीमा खड्ग देवता मन्दिर बनाएको हो ।

गुल्मीको चन्द्रकोट आसपासमा यो मन्दिरलाई ठूलो शक्तिको नाममा पुज्ने गरिन्छ ।

त्यही विश्वासका आधारमा यहाँ बसाई सरेका चन्द्रकोटवासीले बुटवल १३ पाणिनि पार्क नजिकै जितेश्वरी सामुदायिक बनको करिब २ कठ्ठा जग्गा भोगचलनका लागि लिएर पार्क तथा मन्दिर बनाएका हुन् ।

समाजमा अहिले साढे ५ सय सदस्य आवद्ध छन् ।

समाजका अध्यक्ष क्याप्टेन दलबहादुर थापाले पहाडबाट विस्थापित भएर यहाँ बस्नेहरु नियमित रुपमा पूजाका लागि उहाँ जान नसक्ने र यहाँ बसेका सबै चन्द्रकोटवासीलाई संगठित बनाउन समाजले निरन्तर काम थालेको बताए ।

चन्द्रकोट क्षेत्रमा खड्गदेवता पूजा गरेपछि मनोकामना पूरा हुने विश्वास रहेकाले यहाँ पनि त्यसलाई निरन्तर दिएको सचिव क्या. हरिबहादुर खत्रीले बताए । समाजका सल्लाहकार टुकबहादुर क्षेत्रीले कर्मस्थानमा रहेर जन्मस्थानमा रहेका संस्कृति संरक्षणका लागि समाजका काम उदाहरणीय भएको बताउँदै अझै धेरै जनालाई यसमा समेटेर जानुपर्ने सुझाए ।

आइतबार समाजले बनाएको मन्दिर बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै परमपरागत संस्कृति संरक्षणका लागि सबैको साथ सहयोग चाहिने बताए ।

कार्यक्रममा बुघवल १३ का वडाध्यक्ष नारायण पुन, जितेश्वरी सामुदायिक बन उपभोक्ता समूहका सहसचिव कमल खनाललगायतले शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित