मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ ।
शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चएन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बबिता बिष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सना, दिनेशकुमार श्रेष्ठ, भुवन जीसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिशेक राव रहेका छन् ।
संघको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले जानकारी दिए । संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रुपमा लुम्बिनी पर्यटन पत्रकार संघ दर्ता हुने उनले बताए । नाम परिवर्तनसंगै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघसंग संस्था अलग भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित