तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाली कांग्रेस रुपन्देही– २ को सभापतीमा गिरी र ढकाल भिड्दै

बुटवल । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा कांग्रेस भित्रका दुई समूह बीच प्रतिस्पर्धा आज हुँदैछ ।

पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट सो पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । त्यसतै महासचिव पदमा पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

रिक्त पदका लागि निर्वाचनका लागि तोकिएको कार्यतालिका अनुसार शुक्रबार सभापती पदका युवा नेता प्रजापाल गिरी र परशुराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत रुपकुमार रायमाझिले बताए ।

स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि क्षेत्रिय पद रिक्त रहेको थियो । त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम र विष्णुप्रसाद चापागाईको उम्मेदवारी परेको छ ।

तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपनि उक्त पद रिक्त थियो । निर्वाचन कार्यक्रम अनुसार आज बुटवलको बालमन्दिरमा मतदान हुदैछ । मतदानमा ६७४ क्षेत्रिय प्रतिनिधीले मतदान गर्नेछन् ।

यस बाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुप्न्देहीको गैडहवा गाउँपालिका सभापतीको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ ।

त्यस्तै देवदह नगरपालिकाको वडा नंं ६, ओमसतियाको ४, मायादेवीको ५, मर्चवारीको ४ नंं वडामा पनि उपनिर्वाचन हुँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित