तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रुपन्देहीले असोज २९ सम्म सदस्यता नवीकरण गर्ने

नेकपा एमाले रुपन्देहीले यसअघि सदस्यता नवीकरणमा छुटेका कार्यकर्तालाई असोज २९ सम्म समावेश गर्ने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय असोज २९ सम्मलाई थप गर्दै जिल्ला अधिवेशनको मिति अर्को बैठकले गर्ने निर्णय गरेको अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

बैठकमा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज दलबहादुर रानाले बाह्य शक्तिहरु नेपालको आन्तरिक राजनीतिमा खेल्न खोजेको र यसका लागि यो सरकार सहयोगी रहेको आरोप लगाएका थिए ।

उनले अहिलेको राजनैतिक तथा आर्थिक संकटबाट मुक्त हुने कुनै उपाय यो सरकारसंग नरहेकोले सरकारबाट धेरै आशा गर्न सकिने अवस्था नरहेको बताए ।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी जीवनलाई संगठित गर्दै चलायमान गराउन सबै कार्यकर्ता जनतासँग र सबै नेता कार्यकर्तासंग जाने गरी कार्यक्रम बनाउन आग्रह गरे ।

सो बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य गोमादेवी आचार्य र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि सुझाव दिएका थिए ।

बैठकले चाडवाड लक्षित कार्यक्रम शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १८ गते पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा गर्ने, तिहारमा सवै तहमा देउसी भैलोको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित