मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लालटिन सहकारीको आठौं साधारण सभा सम्पन्न

 

बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीकोt वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 

साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले गलत गरेकै कारण अन्य सहकारीलाई गलत आंखाले हेर्न र बुझ्न नहुने बताए ।

 

केही सहकारीको नीति, निर्देशन पालना नगरेका सहकारीका कारण हाम्रो जस्तो लालटिक बहुउद्देश्य सहकारीलाई गलत अर्थमा नबुझ्न आग्रह गरे ।

सहकारी पसल सञ्चालन गरेको सहकारीले अन्य स्थानमा बारबार फेल भएको पसललाई नमुनाको रुपमा सञ्चालन गरिएको बताए ।

सहकारीप्रति कुनै पनि बितृष्णा नभएको भन्दै अध्यक्ष सापकोटाले सहकारीले छाटो समयमा ब्याज आम्दानीमा ३० प्रतिशतवृद्दि भएको जानकारी गराए ।

 

उनले पसलको बिक्री मा २३ प्रतिशतबृद्धि गर्न सहकारी सफल भएको बताउंदै सहकारीप्रति ढुक्क हुन आग्रह गर्दै सहकारीलाई अझै व्यवस्थित गर्नेगरी सदस्य बढाउनु पर्नेमा जोड दिए ।

सहकारीले पसल तथा बित्तिय कारोबारमा ठुला सफलता आर्जन गर्न सफल भएको बताउंदै सहकारी अभियानले गरिबी निवारण गर्न सक्ने भएकाले सहकारी अभियानलाई थप मजबुत बनाउनु पर्ने बताए ।

कार्यक्रममा सहकारीका जेष्ठ सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्दबहादुर कार्कीले सहकारीको लगानी सही ठाउं अर्थात उत्पादनमूलक ठाउंमा लगानी गर्नुपर्ने बताए । उनले सहकारीका सिद्दान्त पालना गरी सहकारी चलाउनु पर्ने र सहकारीका सबै सदस्यहरुलाइ सक्रिय हुन आग्रह गरे ।

 

साधारणसभामा सहकारी बैंक बुटवलका व्यवस्थापक नारायण बेल्बासे, सल्लाहकार लोकराज भुसाल, सुमन अधिकारी, लेखा संयोजक उमलाल बञ्जाडे, कोषाध्यक्ष शिवराम घिमिरेलगायतले बोल्दै सहकारीलाई अझै व्यवस्थित गर्न सुझाव दिए ।

सहकारीमा २ हजार ५ सय ७७ जना सदस्य रहेका छन् । सहकारीले ब्याजबाट कुल ३ करोड १० लाख २८ हजार २०२ आम्दानी गरेको छ । कुल बचत १५ करोड ६ लाख ५४ हजा, ८४० गरेको छ ।

यस्तै पसलको कुल बिक्रि ५ करोड ६२ लाख ५१ हजार ५५ रहेको छ ।

सहकारीको खुद नाफा ८३ लाख ५७ हजार १ सय १३ हासिल गर्न सफल भएको छ ।

सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष गोपाल गैरेको स्वागत र सचिव दिनेश पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सहकारीले असल ऋणी, सबै भन्दा धेरै समान खरिद कर्ता, जेष्ठ नागरिक र रक्तदातालाई सम्मान गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित