मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा २०० जना महिलाले लिए सेवा

बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ शाखा कमिटीको आयोजनामा शनिबार पाठेघरको मुखको क्यान्सर निदान सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल ४ थकाली समाजको भवन परिसरमा आयोजना गरिएको शिविरमा २०० जना महिलाले चेकजाच गराएको शाखा कमिटीका अध्यक्ष नेदिराम ज्ञवालीले जानकारी दिए ।

शिविरमा महिला तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर प्रयाश्चित श्रेष्ठ,डा । सदिक्षा चापागाई, डा.गोकर्ण पन्थी, डा.रमेश भट्टराई,डा. अनिता पूनको टोलीले महिलाहरुको स्वास्थ्य चेकजाच गरेका थिए ।

स्वास्थ्य शिविर कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका निबर्तमान उपप्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य गुमादेबि आचार्यले एमालेले महिलाको स्वाथ्य प्रति संवेदनशिल भएर शिविर आयोजना गरेकोमा धन्यबाद ब्यक्त गरिन ।

आचार्यले महिलाहरु स्वस्थ भए मात्रै परिवार,समाज र राजनीतिमा पनि महिला सहभागिता र सक्रियता हुनसक्ने भएकाले यस्ता खालका कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको बताईन । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरले बिकराल रुप लिइरहेको भन्दै समयमै महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने बताईन ।

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको महिला तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर प्रयाश्चित श्रेष्ठले बताए । डाक्टर श्रेष्ठले यसबाट जोगिन बेलाबेलामा पाठेघरको चेकजाच गर्न आग्रह गरे ।


पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउन पर्ने अवस्था नआओस र यो समस्या केहीभएपनि न्यूनीकरण होस भन्ने उदेश्यले शिविर आयोजना गरिएको एमाले शाखा कमिटी ४ का अध्यक्ष नेदिराम ज्ञवालीले बताए ।

कार्यक्रममा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य टंक पराजुलीले मानिस स्वस्थ हुन सकेमात्रै जस्तासुकै कामहरु गर्न सक्ने बताउदै पार्टीले निरन्तर यस्ता स्वास्थ सम्बन्धी शिविरहरु निरन्तर आयोजना गर्न आवश्यक रहेको बताए ।

शिविरमा प्रदेश कमिटी सदस्य हरि कार्की, एमाले बुटवल नगरका अध्यक्ष किशन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल , सचिव मेघराज भट्टराई , जिल्ला कमिटी सदस्य तथा बुटवल नगर इन्चार्ज ऋषिराम पाण्डे , नगर सह इन्चार्ज यम पाण्डे लगायतको सहभागीता रहेको थियो ।
शिविरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण एमाले शाखा कमिटी सचिव बिण्णु पाण्डेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित