तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा फोटोनको नयाँ शोरुम, असोज १९ गते उद्घाटन गरिने

फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम विस्तार गर्ने भएको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याउन लागेको हो । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिने कम्पनीले जनाएको छ ।

नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।

नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ शोरुमबाट गाडी किन्दा ग्राहकले फेस्टिवल अफरको समेत फाइदा लिन सक्नेछन् ।

दशैं तिहारलाई लक्षित गरी कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई  स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको छ । सो योजनामा ग्राहकले गाडी वुकिङ गर्दा एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित