मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी, जिताउन अपिल

बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको  माहौल  तीव्र रूपमा अगाडि बढेको छ ।  बुटवलका उद्योग वाणिज्य  संघमा  युवा उद्योगी कृष्ण प्रसाद  पाण्डेयको उम्मेदवारी रहेको छ ।
संघको यही  १९ गते  सुरु हुने अधिवेशनमा  अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू  नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् ।
सोही क्रममा  अहिले  दिनेश श्रेष्ठ र  हरि  प्रसाद  अर्यालले छुटा छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।
महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले  दिनेश  श्रेष्ठको प्यानलबाट मैदान  गएका छन् ।
युवा तथा सामाजिक रूपमा विभिन्न सङ्घ संस्थाको  नेतृत्व गरेका पाण्डे  व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता  राख्ने दाबी गर्दछन् ।
उनले रुपन्देही किराना व्यावसायिक सङ्घको  महा सचिव हुँदै अहिले सल्लाहकार रहेका छन् ।
यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय  प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।
बुटवलको मिलन चोकमा किरानावाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि  सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित