मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल पव्लिक स्कुलमा संस्कार शिक्षा कार्यक्रम आयोजना (तस्वीरहरु)

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको छ । ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको हो।

विद्यार्थीहरुमा संस्कारको विकास भएमा मात्र उसको शैक्षिक एवं व्यक्तित्व विकास हुने भएकाले विद्यालयमा संस्कार शिक्षा कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले बताए ।

‘हाम्रो विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिएको छ । नेपाली चाडपर्वहरुलाई लक्षित गर्दै संस्कृतिको जगेर्ना गरिरहेका छौ । यतिले मात्र नभई सानो उमेर देखिनै विद्यार्थीमा संस्कार हुनुपर्ने र संस्कारले व्यक्तिको जीवनलाई सफलता तर्फ उन्मुख बनाउने भएकाले पनि यो कार्यक्रम गरेका हौ’ विद्यालयका प्राचार्य समेत रहेका शर्माले भने ।

उक्त कार्यक्रमको एक कार्यक्रमका बीच डा. स्वामी केशवानन्दले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि केशवानन्दले व्यक्तिको सफलता र असफलताका कडी संस्कार पनि एक भएको बताए । उनले शिक्षामा संस्कारको आवश्यकता र औचित्य बारे पनि प्रष्ट पारेका थिए ।

शिक्षामा संस्कार भएमा मात्र उ सधै सफलता प्राप्त गर्ने उनको भनाई थियो ।

कार्यक्रममा तिलोत्तमा वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेल, समाजसेवी तथा साहित्यकार जंग बहादुर शाह, विद्यालयकी निर्देशक मिरा शर्मा लगाएतले बोलेका थिए । कार्यक्रम विद्यालयका सह प्राचार्य रामचन्द्र पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित