मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा बजार अनुगमन: भ्याट सहित ७१२ प्रतिकेजी पर्ने जिरा खुद्रा व्यापारी द्वारा १३ सय रुपैयाँमा विक्रि

बुटवल । चाडपर्व नजिकिए संगै बुटवल उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।

बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन कार्यलाई तिब्र बनाएको हो ।

आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको थियो ।

त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सावित्रादेवी अर्यालले बताईन ।

अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।

अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी जिरा खुद्रा व्यापारीकहां पुगेपनि खुद्रामा भने प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि हुने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको थियो ।

अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेको छ ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।
अनुगम बुटवल उपमहानगरपालिकाका ठगिश्वर पोखरेल, सूचना अधिकारी तुल्सा शर्मा, पत्रकार, नगरप्रहरी, नेपाल प्रहरी सहितको टोलीले गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित