तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम

न्यू होराइजन कलेज, होराइजन गौतम बुद्ध मा. वि का कक्षा ११ र १२ का विद्यार्थीहरुबाट सङ्‌गठित जुनियर युवा रेडक्रम सरकलको गठन भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी आस्था अधिकारीकाे अध्यक्षतामा गठन भएको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष आविष्कार न्यौपाने,सचिव, सचेत बस्नेत, सह-सचिव सम्मृद्धि नेपाल,कोषाध्यक्ष कृपा मल्ल,कार्यसमिति सदस्यमा प्रियम पाण्डे,श्रिशान्त आचार्य,अञ्जु ज्ञवाली ,सृष्टि पौडेल ,शुभम बि.क,सागर खत्री, कृष्णा खनाल रहेका छन् ।

सामाजिक सेवाभावकाे लक्ष्य सहित गठन भएको समितिकाे प्रथम बैठक बसि विद्यालय परिसरमा वृक्षरोपण समेत गरेको छ। वृक्षारोपण कार्यक्रममा विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले बिरुवा राेपेर उद्घाटन गर्नुभएको थियोे ।

वृक्षरोपण कार्यक्रममा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल ,प्राध्यापक डा.नारायणप्रसाद पन्थ,विज्ञान सङ्काय संयाेजक प्रदीप अर्याल,ब्यावस्थापन संयाेजक रुद्र भुसाल,डा.तारानाथ भट्टराई ,बरूण घिमिरे, मोहन मरासिनी ,मित्रलाल मरासिनी समेतकाे उपस्थिति रहेको थियोे ।बैठकले सल्लाहकारकाे रूपमा कृष्ण बहादुर क्षेत्रीलाई चयन गरेको छ।

आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा Red cross का उपाध्यक्ष आविष्कार न्यौपानेले Red cross का सिद्धान्तहरुमाथि प्रकाश पार्दै स्वागत गरेका थिए। कार्यक्रमकाे सञ्चालन सचेत बस्नेतले गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित