तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम

  • २० जनाको कोटा रहेको उक्त तालीम अध्ययन पूर्ण रुपमा निःशुल्क
  • बुटवल । विल्डिङ कन्ट्रक्सनसँग जोडिएको प्राविधिक विषय रुपन्देहीको तिलोत्तमा १३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयले भित्राएको छ ।

    सिटिइभिटीबाट मान्यताप्राप्त दुई वर्ष निःशुल्क औद्योगिक प्रशिक्षण तालीम विषयको कोर्ष डिप्लोमा तह बराबर मान्यता प्राप्त हो । २० जनाको कोटा रहेको उक्त तालीम अध्ययन पूर्ण रुपमा निःशुल्क हो ।

    अध्ययन सुरु भएपछि विद्यार्थीले हरेक दिन १०० रुपैयाँ पाउनेछन । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्राविधिक शिक्षालाई जनस्तरमा पु¥याउन नयाँ कोर्ष ल्याइएको बताएको छ । विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले कक्षा ११ र १२ लेबलको यो कार्यक्रम एक्स्पर्ट मेनपावर उत्पादन हुनुका साथै शतप्रतिशत रोजगार हुने बताए ।

    ‘यो विषय लुम्बिनी प्रदेश सरकारको स्वीकृत बजेट अनुसारको पूर्णतया निःशुल्क कार्यक्रम हो’ जिसी भन्छन, ‘यो विषय पढने विद्यार्थीले विद्यालय र उद्योग दुवैमा सीप सिक्नुका साथै पढदै आय आर्जन गर्न सकिन्छ ।

    कोष पूरा गरेपछि प्रि डिप्लोमा को प्रमाणपत्र पाइन्छ ।’ यो विषय लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमाति पाएका छन् । एसएलसी वा एसईईमा जुनसुकै प्रतिशत र ग्रेडबाट उत्तीर्ण भएका विद्यार्थीले पनि पढन पाउनेछन भने, १६ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीले पढन पाउनेछन ।

    विद्यालयमा साढे तीन महिना र उद्योगमा साढे १९ महिना काम र पढाई यो विषयमा पर्छन । उद्योगमा काम गर्दा पनि विद्यार्थीलाई मासिक न्यूनतम ४ हजार ५०० रुपैयाँ दिनुपर्छ । त्यसमाथि २५ वर्षभन्दा कम उमेरका विशेष प्राथामिकता रहेको छ ।

    तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले अबको शिक्षा प्राविधिक हुनुपर्ने बताउँदै औद्योगिक तालीम कार्यक्रमको रुपन्देहीका विद्यार्थीहरुले भरपुर उपयोग गर्नुपर्ने बताए । विद्यालयले २०७५ देखि प्राविधिक विषय भित्राउन सुरु गरेको थियो ।

    सिभिल इन्जिनियरिङ, डिप्लोमा सिभिल इन्जिनियरिङको पनि पढाई हुँदै आएको छ । २०३८ सालमा स्थापना भएको विद्यालय २०५७ मा निमावि हुँदै २०६४ मा मावि भएको थियो ।

    २०६७ मा महायज्ञ गरेर विद्यालयमा प्राविधिक विषयको पढाई सुरु गर्ने योजना बनेको थियो । २०७५ मा सिभिल इन्जिनियरिङतर्फ १८ महिने प्रि डिप्लोमा सिभिल इन्जिनियरिङको अनुमति लिएर २६ जना विद्यार्थी पढाउन थालेको हो । पछिल्लो समय विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमा अब्बल छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित