


बुटवल । अनेरास्ववियु लुम्विनी प्रदेशको प्रथम अधिबेशनको पूर्ब सन्ध्यामा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रगतको अभाबले कसैको मृत्यु नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको अनेरास्ववियू लुम्विनी वाणिज्य क्याम्पस अध्यक्ष योगेन्द्र रायमाझिले बताए ।
संगठनले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिदै आएको उनको भनाई छ । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरी केन्द्रीय सथायी कमिटि सदस्य प्रदिप नेपाली सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल,कृष्ण बस्याल , जिल्ला अध्यक्ष भरत अर्याल,रमेश ढकाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ५९ युनिट रगत सङकलन गरिएको थियो । कार्यक्रममा सगठनका अध्यक्ष योगेन्द्र रायमाझिको अध्यक्षयता तथा कार्यक्रम संयोजक पंकज भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।