कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

खानेपानी निर्माण तथा उपभोक्ता समूह बुद्धनगरद्वारा रक्तदान

बुटवल। खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल–११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो । सो अवसरमा बोल्दै खानेपानी निर्माण तथा उपभोक्ता समूहका अध्यक्ष आशिष सुर्यवंशीले नियमित रक्तदान गर्दै आइरहेको बताए ।

सामाजिक काममा सक्रिय, पारदर्शी र खानेपानी सर्वसुलभ शुल्कमा उपलब्ध गराउने संस्थाको नाममा परिचय बनाएको छ । उनले खानेपानी संस्थाबाट धेरै रक्तदान गर्ने संस्थामा आफूहरू पहिलो रहेको बताए ।

उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै आफूहरू अगाडि बढने स्पष्ट पारे । खानेपानी समूहमा १ हजार १६६ उपभोक्ता रहेका छन ।

सो अवसरमा ६० युनिट भन्दा बढी रगत संकलन भएको संस्थाले जनाएको छ । समूहले सहरी स्वास्थ्य चौकी र स्कूललाई निशुल्क खानेपानी उपलब्ध गराउदै आएको छ । समूहका अध्यक्ष आशिष सुर्यवंशीको अध्यक्षता, उपाध्यक्ष जगतनारायण मण्डलको स्वागत तथा सचिव अर्जुन जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार