युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

खानेपानी निर्माण तथा उपभोक्ता समूह बुद्धनगरद्वारा रक्तदान

बुटवल। खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल–११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो । सो अवसरमा बोल्दै खानेपानी निर्माण तथा उपभोक्ता समूहका अध्यक्ष आशिष सुर्यवंशीले नियमित रक्तदान गर्दै आइरहेको बताए ।

सामाजिक काममा सक्रिय, पारदर्शी र खानेपानी सर्वसुलभ शुल्कमा उपलब्ध गराउने संस्थाको नाममा परिचय बनाएको छ । उनले खानेपानी संस्थाबाट धेरै रक्तदान गर्ने संस्थामा आफूहरू पहिलो रहेको बताए ।

उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै आफूहरू अगाडि बढने स्पष्ट पारे । खानेपानी समूहमा १ हजार १६६ उपभोक्ता रहेका छन ।

सो अवसरमा ६० युनिट भन्दा बढी रगत संकलन भएको संस्थाले जनाएको छ । समूहले सहरी स्वास्थ्य चौकी र स्कूललाई निशुल्क खानेपानी उपलब्ध गराउदै आएको छ । समूहका अध्यक्ष आशिष सुर्यवंशीको अध्यक्षता, उपाध्यक्ष जगतनारायण मण्डलको स्वागत तथा सचिव अर्जुन जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित