नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको अध्यक्षमा राजन ज्ञवाली नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको तेस्रो अधिबेशनबाट अध्यक्षमा राजन ज्ञवाली निर्वाचित भएका छन् ।
परिषद्को उपाध्यक्षमा हिरा श्रेष्ठ, राजेन्द्र रायमाझी, महासचिव नविन पुन, सचिव राजेन्द्र थापा र कोषाध्यक्षमा निसान भुसाल निर्वाचित भएकाे व्यवसायी दिपक खड्गीले बताए ।
त्यस्तै सदस्यहरुमा जगत नारायण मण्डल, बुद्विराम न्यौपाने, अनिष बस्नेत, महेश दुवे, जगनारायण चौधरी,अर्जुन चौधरी लगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्षले संगठनलाई थप बलियो बनाउदै सबै निमार्ण व्यवसायीलाइ संगठित गर्ने प्रतिवद्वता जनाए।कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले एमाले निकट निमार्ण व्यवसायी अरु संगठनको ब्यबसाय भन्दा उत्कृष्ट हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य गोपाल राना, प्रदेश सदस्य मन्जु भुसाल, बसन्त श्रेष्ठ, नवराज श्रेष्ठ, नारायण भुसाल, जमिन कक्षपति,मनोज गौचन, विष्णु सुब्वा लगायतले मन्तव्य राखेका थिए।
बुद्धि थापको अध्यक्षयता र सहसचिब नविन पुनको सन्चालनमा कार्यक्रम भएको हो ।