तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार

  • नेपालका ७० जिल्लामा बजार विस्तार 
  • बुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए ।

    उमेरले ५६ बर्ष लागेका सकुरदिन भाडा व्यापार बाटै ३ छोराहरुलाई शिक्षाको उज्यालो बाटोमा डोराए ।

    छोराहरु जलिल मिया अहिले बावुले गरेकै व्यवसाय पछ्याउँदै भाडा पसल गर्छन । माईलो छोरा डा. खलिल मिया लुम्बिनी प्रादेशिक अस्पतालमा छन् । कान्छो छोरा २८ बर्षिय फरदिन खान (मिया) जिल्लाकै ठुलो जुत्ता उद्योग मध्येको एक ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन ।

    गाउँमा रहदा पनि सकुरदिन चुरा पोते मेलामा लगेर विक्रि गर्थे । गाउमै पढे हुर्केका सकुरदिन संग व्यापार गर्ने जागर गाउँमै रहदा थियो । उनका कान्छा डोरा फरदिन पनि आमा बुवाको पछि पछि व्यापार गर्ने ठाउँमा पुग्थे । त्यसैले सानो उमेर देखि फरदिनको व्यापारमा लगाव भयो ।

    बुटवलमा पढे लेखेर हुर्केका फरदिन अरु धेरैलाई जस्तो सपनाको शहर ‘क्यानडा, जापान, अष्ट्रेलिया, अमेरिका, बेलाएत आदि’ भएन । उनले बुवाले देखाएको सतकर्मको बाटोमा लागे ।

    बुटवलको न्यू होराईजन कलेजबाट प्लस टू सकेपछि फरदिन व्यवसायमा लाग्ने सोच बनाए । बुवा सकुरदिनले जुत्ता उद्योग सञ्चालन गर्ने योजना बनाए ।

    उमेरले भर्खर २८ बर्ष भएका फरदिन अहिले ४० करोडको लगानी पुगेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन । यो उद्योगमा मुवारक हुसेनको पनि सेयर छ ।

    बुवाले चलाएको भाडा पसल जेठा दाजुले चलाएपछि फरदिन अहिले बुवा संगै जुत्ता उद्योगमा व्यस्त छन् । उद्योगको सञ्चालन, व्यवस्थापन, मार्केटिङ सवै फरदिनले हेर्छन ।

    ‘मैले देखाएको बाटोमा सवै छोराहरु छन् । फरदिनले नै अहिले यो उद्योग हेर्छ । म व्याक सपोर्ट गर्ने गरेको छु ।’ सकुरदिनले भने ।
    ०७५ सालमा २ करोडको लगानी गरेर स्थापना गरेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ (जुत्ता उद्योग) अहिले जिल्लाकै जुत्ता उद्योग मध्येको सवैभन्दा ठुलो उद्योग हो ।

    देशमा आर्थिक मन्दी भएपनि यो उद्योग अहिले पनि लयमा छ । देशका ७० जिल्ला भन्दा बढिमा उद्योगका तयारी जुत्ता चप्पल पुग्ने गरेका छन् ।
    ‘उद्योग सञ्चालन हुन साथ कोभिड सुरु भयो । त्यो बेला व्यापार नै गर्न सकिएन । अहिले व्यापार ठिक छ । मार्केट राम्रो छ । हामीले नेपालका ठुला भनिएका उद्योग संग सजिलै प्रतिस्पर्धा गर्ने सामर्थ राखेका छौ’ सञ्चालक फरदिनले भने ।

    उद्योगले हवाइ, ईभा र स्पोर्टसका जुत्ता उत्पादन र विक्रि गर्ने गरेको छ । पश्चिम धनगढी देखि ईटहरीका बजार सम्म उद्योगका उत्पादनले बजार ओगटेका छन् ।

    दैनिक २५ हजार जोर जुत्ता चप्पल उद्योगबाट उत्पादन हुने सञ्चालक फरदिनले बताए । हाल उद्योगबाट सिजन अनुसार ६ देखि ७ सय जनाले रोजगार पाइरहेका छन् ।

    भारतबाट आउने तयारी जुत्ता चप्पलका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने तर्क फरदिनको छ । ‘यहाँ कच्चा पद्धार्थ लिएर बनाउँदा लागत केही मंहगो पर्छ । भारतबाट सिधा आउने तयारी जुत्ता चप्पल नियन्त्रणमा सरकारले नीति बनाएर कडाई गर्नुपर्छ’ उनले भने ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित