तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरपालिकाको टिम चीन प्रस्थान

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टिम बिहिवार चीन प्रस्थान गरेको छ ।

चीनको दन्हुन् सिटिको निमन्त्रणमा नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वमा नगरका उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,प्रवक्ता ईनामुल्लाह फकिर,लेखा अधिकृत रामचन्द्र अर्याल,वडाअध्यक्ष नईमुल्लाह खाँन,विनोद श्रीवास्तव,वन अधिकृत सन्तोषी पाण्डे,ईञ्जिनीयर आशिष यादव,समन्वय अधिकृत तुल्सीराम लामिछाने,प्रशासन शाखा प्रमुख शोभाखर पौडेल चीन भ्रमण प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा दुई सिटि बिच भगिनी सम्बन्ध थप विस्तार हुने विश्वास लिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध दर्शनको प्रचारप्रसार गरी नेपालको विश्वब्यापी रुपमा पहिचान स्थापित गराउने उदेश्यमा लुम्बिनी साँस्कृतिक नगरपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

साथै,चीन सरकार लुम्बिनी साँस्कृतिक नगरसंग पारस्पारिक सम्बन्ध कायम गर्न चाहेको र आफुहरु पनि तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाई रहेको छ ।

चीनका विभिन्न सहरमा पर्यटन प्रर्वद्धन,संस्कृति र कला लगायतका क्षेत्रमा अनुभव आदान प्रदान कार्यक्रम रहने छ । भ्रमण ७ दिनको रहने जनाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित