नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

ब्राहमण समाज नेपाल बुटवल – २ द्वारा तीज विशेष कार्यक्रम

बुटवल । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीजको मौलिकता र महत्व जोगाइराख्न समाजले कार्यक्रम गरेको हो ।

ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पौडेलले वडा कार्यालय परिसर नजिकै नाचगानसहित मौलिक रुपमा तीजको कार्यक्रम गरिएको बताए ।

सो अवसरमा ब्राहमण समाज रुपन्देहीका सहसचिव कमला पन्थले तीजलाई भडकिलो नभई मौलिक रुपमा बनाउनुपर्नेमा जोड दिइन ।

उनले चाडपर्वहरु भडकिला बन्दै गइरहेको बताउँदै त्यसमा सचेत रहन सबैलाई आग्रह गरिन् ।

वडा नम्बर २ का अध्यक्ष सुनील शाक्य, वडा सदस्य गौतमलाल शाक्य, महिला जनप्रतिनिधि गंगादेवी घिमिरे, बाबुराम पोखरेल, बाबुराम पौडेल, धनमाया लामा लगायतले बोल्दै चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै अघि बढनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का कोषाध्यक्ष जीवलाल पौडेलले गरेका थिए । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार