रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

घर बिक्री गरेबापतको ६० लाख रूपैयाँ खरिदकर्ताले नदिएपछि वृद्ध दम्पती न्यायका लागि भौतारिदै

बुटवल : घर बिक्री गरेबापतको ६० लाख रूपैयाँ खरिदकर्ताले नदिएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ का वृद्ध दम्पती अहिले न्यायका लागि भौतारिएका छन्।

शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा रहेको आफ्नो एक तले घर मनरुपा रेग्मीले कपिलवस्तुका कुमोज गिरीलाई २०७८ मंसिर १५ गते बिक्री गरेकी थिइन।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले घर खरिदकर्ता गिरीलाई ग्राहकको रुपमा ल्याएर मनरुपाका माइला ज्वाइँ राजेश लम्सालको रोहबरमा उक्त जग्गा गिरीले मनरुपाबाट खरिद गरेका थिए।

घर खरिद गरेका गिरीले फरक-फरक मितिका ३ वटा चेक काटेपछि त्यही विश्वासमा माइला ज्वाइँ राजेश लम्सालकै सल्लाहमा मनरुपाले १५ धुरमा बनेको एक तले घर गिरीलाई पास गरिदिएकी थिइन्।

तर ती कुनै पनि चेक अहिलेसम्म पनि साटिएका छैनन्। कारोबार भएको २ वर्ष हुन लाग्दा समेत पैसा नपाएपछि मनरुपा अहिले पैसा उठाउन भन्दै प्रहरीदेखि वडा सबै तिर धाइरहेकी छन्।

५९ वर्षीया घरधनी मनरुपाले आफ्नै ज्वाइँ राजेश लम्सालको विश्वासको आधारमा घर पास गरे पनि अहिलेसम्म रकम नपाएको बताइन्।

‘सबैलाई तीज आएको छ। तर मेरा आँखा ओभाएका छैनन्। पुरानो ऋण तिर्न भनेर बिक्री गरेको घरको पैसा नआउँदा ऋण बढेको बढ्यै छ। कसरी हुन्छ मैले न्याय पाउनुपर्छ,’ उनले भनिन्।

मनरुपाका माइला ज्वाइँ राजेश लम्सालले तामनगरकी माया सुवेदीकै विश्वास गरेर चेक आएपछि घर पास गरेको बताए।

‘रकमका लागि घर खरिद गरेका कुमोज गिरीलाई ताकेता गरिरहेका छौं। तर भोलि-भोलि भनेर टार्ने काम उनले गरेका छन्। चेक बाउन्समा राखौं? भन्दा सम्पर्कमा आएर पैसा तिर्छु भन्छन्। तर तिरेका छैनन्,’ उनले भने।

विश्वासकै आधारमा घर पास गरेपछि आफ्नो सम्बन्ध ससुरालीमा राम्रो नभएको समेत लम्सालले बताए।

घर खरिदकर्ता गिरीले घरधनी मनरुपालाई अझै ६० लाख दिन बाँकी छ। घर खरिदबापत गिरीले बैना स्वरूप १० लाखको चेक २०७८ मंसिर १५ गते काटेका थिए। तर उक्त चेक पनि सटही नभएको र त्यसबापतको ४ लाख नगद आफूले बुझेको मनरुपाले बताइन्।

त्यस्तै गिरीले २०७८ माघ १५ गते मितिको २५ लाख र चैत ३० गते मितिको २८ लाखको चेक काटेका थिए। ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउँछ।

मध्यस्तकर्ता बनेकी तामनगरकी माया सुवेदी

त्यसबाहेक एक लाख रूपियाँ छुट्टै नगद दिएकाले ६४ लाख रूपियाँ घरधनीले पाउने गरी खरिद बिक्री भएको पाइएको छ। तर घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ।

बाँकी ६ लाख रूपियाँ कारोबार गरिदिने माया सुवेदीले कमिसन खाने मनसाय राखेको देखिएको छ।

मनरुपाका ७२ वर्षीय श्रीमान रत्नखर रेग्मीले पैसा नपाउँदासम्म घर पास नगर्न आफूले श्रीमतीलाई भने पनि ज्वाइँको विश्वासले घर पास गरिदिएको बताए।

‘मैले हुन्न पास भनेको थिएँ। तर के-के भनेर श्रीमतीलाई फसाए थाहा भएन। अहिले यो उमेरमा पैसा उठाउन हार गुहार गर्दै हिँड्नुपरेको छ,’ उनले भने।

रत्नखरका अनुसार उक्त एक तले घर उनले १० कट्ठा खेत बिक्री गरेर ७० लाख बढीमा खरिद गरेका थिए। त्यो घर खरिद गर्दा भाइका छोरा पर्ने ओमप्रकास रेग्मीसँग साढे १२ लाख रूपियाँ ऋण रत्नखरले लिएका थिए।

सोही ऋण तिर्न पनि रत्नखरकी श्रीमती मनरुपाले घर बिक्री गर्ने योजना बनाएकी थिइन्। त्यसपछि तामनगरकी माया सुवेदीले ग्राहक ल्याइन् भने ज्वाइँ राजेश लम्सालले बिक्रीका लागि सहजिकरण गरेका थिए।

रत्नखरका छोरा पर्ने ओमप्रकाश रेग्मीले घर खरिद गर्दा आफूसँग ऋण लिएको भए पनि घर बिक्री गर्ने बेलामा आफूसँग कुनै सरसल्लाह नगरेको बताए।

‘घर खरिद गर्दा मैले ऋण दिए। तर बिक्री गर्दा मलाई थाहै दिएनन्। मलाई थाहा दिएको भए यो अवस्था आउन दिने थिइनँ,’ उनले भने।

मनरुपा र उनका श्रीमान् रत्नखर अहिले घर बिक्रीबापतको रकम उठाउन प्रहरीदेखि जनप्रतिनिधि सम्मलाई सबै तिर हार गुहार गरिरहेका छन्।

पीडितले आफूहरूमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन्। तर प्रहरीले यसबारेमा कुनै कारबाही अघि बढाएको पाइएको छैन। अहिले उक्त घर सिर्जना श्रेष्ठको नाममा पास गरेको पाइएको छ।

मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले उक्त घर दृष्टिबन्धक राखी बैंकबाट ऋण निकाल्नको लागि सिर्जनाको नाममा नामसारी गरेको पाइएको बताइन्।

रत्नखरकी कान्छी छोरी आशा रेग्मीले घरायसी व्यवहार बिग्रेकै कारण आफूले राम्रोसँग पढ्न नपाएको समेत बताइन्।

‘भिनाजुको विश्वासमा बुवाआमा पर्नुभयो। त्यो बेला म थिइनँ। पछि पैसा आउँछ भन्दा भन्दै २ वर्ष हुन लाग्यो। पैसा आएको छैन,’ उनले भनिन्।

जग्गा खरिदकर्ताले दिएका चेकहरु । तर साटिएनन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार