कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

नेकपा एस ओमसतिया गाउँ कमिटि सबै वडामा पुग्ने

रुपन्देही। नेकपा (एकिकृत समाजवादी) पार्टी ओमसतिया गाउँकमिटी रुपन्देहीको बैठकले संगठन विस्तारलाई कार्ययोजनाका साथ अघि बढाउने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यता तथा पालिका कमिटी अध्यक्ष चिरन्जीवि पाण्डेको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सबै वार्डमा विस्तार गर्ने कार्ययोजना बनाएको हो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले नेपाली क्रान्तिलाई समाजवादसम्म डोर्याउन सक्ने वैचारिक हतियार बोकेर पार्टी अघि बढेको बताउँदै सबैलाई दृढतापूर्वक पार्टी काममा लाग्न आग्रह गरे ।

बैठकलाई अर्का केन्द्रिय सदस्य वावुलाल यादवले नेपालमा सबै भन्दा स्वच्छ छविका नेताहरु रहेको पार्टी भनेर नेकपा एसलाई लिने गरेको सन्दर्भ उल्लेख गर्दै पार्टीले भ्रष्टाचार बिरुद्ध गाउँदेखि शहर सम्म अभियान चलाउन पार्टी कमिटीलाई आग्रह गरे ।

बैठकलाई कावा पार्टी अध्यक्ष श्रीराम यादव, प्रदेश कमिटी सदस्य इन्द्रजित यादव, कृष्ण भुसाल, मुक्ति चौधरी लगायतले सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताए बैठकले हरेक वडाको कार्यविभाजन गर्दै असौज मसान्तसम्म संगठनलाई व्यवस्थित पार्ने प्रस्ताव पारित गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार