

बुटवल।
५९ औं बालदिवस “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ श्री खड्ग माध्यमिक बिधालयमा खड्ग बाल क्लवको आयोजना,साझेदार सस्था सोइया महिला स्वावलम्बी संस्था, देवदह ४ को आर्थिक सहयोग र श्री खड्ग माध्यमिक बिधालयको संरक्षकत्वमा तीज गित प्रतियोगिता र बाल प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ।
कार्यक्रम बालक्लबका अध्यक्ष नन्दनी अग्रहरीको सभापतित्व, देबदह नगरपालिका वडा नम्बर १ वडा सदस्य असरुन निशाकाे प्रमुख आतिथ्यता,बि ब्य स सदस्य मायादेवी क्षेत्री,शोभा क्षेत्रीज्युको विशिष्ट आतिथ्यता र सोइया महिला स्वावलम्बी संस्थाकी कार्यक्रम सम्योजक रोसि गुरुङ्ग र निवर्तमान शिक्षक अभिभावक संघ रोमनाथ पान्डेय लगायतको विशेष आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रम सञ्चालक सृष्टि भट्टराईले गरेकी थिइन भने निर्णायक मण्डलमा टिकाराम पौडेल,गिता पौडेल र मोहन कलवार रहेका थिए ।
बाल अधिकार,बाल बिवाह,बालश्रम,बालमैत्री बिधालय-समाज-नगर निर्माण अभियानमा बाल क्लबको भुमिका,बिकृती बिसंगतिहरुको भावमा मौलिक अन्तर सदनात्मक तीज गित प्रतियोगिता अन्तरगत क्रमश: अन्जली हिताङको समुह सगरमाथा सदन प्रथम, निरकला यादबको समुह लुम्बिनी सदन द्वितीय,सरस्वती क्षेत्रीको समूह स्वर्गद्वारी सदन तृतीय र गुडिया भुजको समुह धौलागिरी सदनले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
सहभागी सबै समुहलाइ प्रमाणपत्र सहित प्रथम,द्वितीय,तृतीय र सान्त्वना हासिल गर्ने समुहलाइ क्रमश: रु. १५००,१०००,७०० र ५०० नगद पुरस्कारले हौसला प्रदान गरिएको थियो।सोही अवसरमा विद्यार्थी भाइबहिनिहरुले स्वत स्फुर्त आफुमा रहेका अन्तरनिहित प्रतिभाहरु प्रस्तुत गरेका थिए ।