कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही ।
अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् ।
बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षको जिम्मेवारी लिँदै अर्यालले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा निरज आचार्य, अर्जुन गैरे, सचिव सुमित सापकोटा, सहसचिव मनिषा कार्की, गुनबहादुर श्रेष्ठ, सरोज खनाल, पवन भुसाल, कोषाध्यक्षमा सुनिल खनाललगायत ५१ कमिटी सदस्य निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अनेरास्ववियु पूर्वअध्यक्ष खिमलाल भट्टराई, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल, नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकाल, अनेरास्ववियु पूर्व उपाअध्यक्ष यम पाण्डे, सरोज पोखरेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनाल, शेषकान्त पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै संगठनलाई चलायमान बनाउन सुझाव दिएका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता सचिव प्रकाश पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार